शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मेयर आचार्य भन्छन्, १ करोड दिएर सँधै फोहोर फाल्न पाईने भए डेढ करोड दिन्छु, धुनिबेशीको फोहोर काठमाण्डौँ लगेर फाल्न पाईन्छ ?

मेयर आचार्य भन्छन्, १ करोड दिएर सँधै फोहोर फाल्न पाईने भए डेढ करोड दिन्छु, धुनिबेशीको फोहोर काठमाण्डौँ लगेर फाल्न पाईन्छ ?

  • 4.3K
    SHARES
  • काठमाडौं । धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापनको नाममा राजनिती हुन नहुने बताएका छन् । दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्ने भनिए पनि १४ वर्षदेखि फोहोर फाल्दै आइरहेकाले अब त्यहाँ फोहोर फाल्न दिने अवस्था नरहेको मेयर आचार्यको भनाई छ । “१४ बर्षमा १४ हात पनि काम भएको छैन । हामीलाई पैसा हैन व्यवस्थापन चाहिएको छ” मेयर आचार्यले प्रश्न गर्दै भने, “१ करोड दिएर सँधै फोहोर फाल्न पाईने भए मैले डेढ करोड दिँदा धुनिबेशीको फोहोर काठमाण्डौँ लगेर फाल्न पाईन्छ त ?” संघीय संसदको विकास तथा प्रविधि समितिले सरोकारवाला निकायसँग गरेको छलफलमा भाग लिँदै मेयर आचार्यले आश्वासन दिने तर कामै नगर्ने परिपाटी हुन नहुने बताए । धुनिबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य सँगै ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामा , धुनिबेशी १ का वडा अध्यक्ष चन्द्र तामाङ, ककनी २ का वडाध्यक्ष केदार पौडेलले स्थानीय जनतासँग गरिएका कुनै पनि सहमति हालसम्म कार्यान्वयनमा नआएको भन्दै काठमाडौंको फोहोर सिसडोल र बञ्चरेडाँडामा व्यवस्थापन नगर्न नदिने बताएका हुन् । यसैबिच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने काठमाडौंको फोहोर व्यवस्थापनको काम राष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि पनि राष्ट्रिय स्तरकै छलफल हुनुपर्ने बताए । उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सिसडोल र बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । २०७६ असोज ०६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ६, २०७६ सोमवार - १८:५४:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology