शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महाङकालेश्वरी माध्यमिक विद्यालयमा स्काउट ट्रुप दिक्षान्त तथा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

महाङकालेश्वरी माध्यमिक विद्यालयमा स्काउट ट्रुप दिक्षान्त तथा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

  • 5.4K
    SHARES
  • शिवराज आचार्य धार्के । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ मा रहेको महाङकालेश्वरी माध्यमिक विद्यालयमा स्काउट ट्रुप दिक्षान्त तथा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अबसरमा शुभकामना आदान प्रदान तथा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा महाङकालेश्वरी स्काउट लाई ट्रुप तथा दिक्षान्त समारोह कार्यक्रम पनि भएको छ । विद्यालयमा केही समय आगाडी गठन गरिएको स्काउटलाई आज भएको कार्यक्रमका विचमा थाक्रे गाउँ पालिका अध्यक्ष र उपाध्यक्षले स्काउटमा आबद्व भएको विद्यार्थिलाई ट्रुप दिक्षान्त गर्नु भएको हो । कार्यक्रममा बोल्नु हुँदै विद्यालयका प्रधानध्यपक राजेन्द्र आचार्यले गाउँ पालिकाले संविधान दिवसको अबसरमा गाउँ पालिका लाई अनिवार्य र नि शुल्क शिक्षा घोषणा गरेकोमा धन्यवाद दिदै यसले थाक्रेमा सामुदायिक विद्यालयको गुर्णस्तर वृद्धिमा सहयोग पुग्ने बताउनु भयो । दिक्षान्त हुने विद्यार्थीहरूलाई लाई बधाई दिदै शैक्षिक विकासमा स्काउटको भुमिका महत्त्वपूर्ण रहेको बताउनु भयो । विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थी डानियल परियार र सिर्जना कार्कीलाई धादिङ धुनिबेशीका समाजसेवी प्रलाद खकुरेल द्वारा सञ्चालीत कोषबाट दुई जना विद्यार्थीलाई छात्रवृत्ति विरण गरिएको छ । छात्रवृत्ति काेषका समन्वय गिररहनु भएका प्रत्रकार राज ढुङगानाले कार्यक्रमका विचमा छात्रवृत्ति प्रदान गर्नु भएको हाे । छात्रवृत्ति नगद रू .पाँच हजार रहेको छ। कार्यक्रममा बोल्नु हुदै थाक्रे गाउँपालिका अध्यक्ष आचार्यले स्काउट ट्रुपमा आबद्व भएका विद्यार्थीहरू लाई बधाई दिनु हुदै गाउँपालिकाले १९ वटा विद्यालयमा स्काउट ट्रप लाई केही समय अगाडि तालिम दिएर सहयोग गरेको थियो अहिले स्काउटले राष्ट्रियतालाई पनि सहयोग गर्न सक्ने भएकोमा धन्यवाद दिनु भयो । गाउँ पालिकाले संविधान दिवसको दिन अनिवार्य र निःशुल्क शिक्षा घोषण गरेर उदाहरणीय काम गरेका बताउनु भयो । थाक्रेमा सामुदायिक विद्यालयलाई अब्बल बनाउनको लागी गाउँपालिका अगाडी बढेको र विद्यालयमा दरबन्दी ब्यवस्था गर्न पनि गाउँ पालिका लागि रहेको बताउनु भयो । कार्यक्रममा थाक्रे ७ मा रहेको कालिका माध्यमिक विद्यालयका स्काउटका विद्यार्थिहरू र कार्यक्रम आयोजना गर्ने महाङकालेश्वरी माविका विद्यार्थी र स्काउटमा आबद्व भएका विद्यार्थीहरूले दशैंका विभिन्न गीतहरूमा आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा थाक्रे गाउँ पालिका अध्यक्ष राम कुमार आचार्य ,उपाध्यक्ष अम्बिका रूपाखेती ,वडा नम्बर ८ का वडा अध्यक्ष केशब प्याकुरेल ,विभिन्न विद्यालयका प्रअ तथा प्रतिनिधि ,अभिभावक विद्यार्थीहरूका उपस्थिति रहेको थियो ।
    २०७६ असोज ०७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०७६ बुधवार - ०३:५३:५० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology