शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीकोे तल्लो बानियाँटारमा नगरस्तरिय फुटबल प्रतियोगिता हुँदै

धुनिबेशीकोे तल्लो बानियाँटारमा नगरस्तरिय फुटबल प्रतियोगिता हुँदै

  • 7.4K
    SHARES
  • धार्के । धादिङको धुनिबेशी ६ तल्लो बानियाँटारमा आगामी शुक्रबार देखी नगरस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । “राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ धुनिबेशी नगरपालिका आयोजक रहने गरी प्रतियोगिता हुन लागेको नगरप्रमुख बालकृष्ण आचार्यले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि नगरपालिकाको तर्फबाट आर्थिक सहयोग गर्ने उनको भनाई छ । धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीका अध्यक्ष प्रदिप कोईरालाले प्रतियोगिताको लागि समुह दर्ता गर्ने काम भईरहेको बताए । २० भन्दा बढि समुह दर्ता हुने उनको भनाई छ । प्रतियोगिता आयोजना गर्नका लागि यस अघि गठन भएको मुल आयोजक समिती सँगै विभिन्न उपसमितीहरुको समेत पुर्नगठन गरिएको छ । [caption id="attachment_3950" align="aligncenter" width="960"] खेलकुद मैदानमा अभ्यास गर्दैै खेलाडीहरु ।[/caption] पुर्नगठन गरिएको मुल आयोजक समितीको अध्यक्षमा प्रदिप कोईराला, उपाध्यक्षमा रामकुमार थापा, सचिवमा रोशन लामा, सहसचिवमा प्रदिप उप्रेती, कोषाध्यक्षमा सरोज आचार्य, सदस्यहरुमा आशिष ठकुरी, राज ढुँगाना, दिनेश खतिवडा, राजेश गजुरेल, सुजन आचार्य, कुमार आचार्य, मिलन लामा, सरोज लामा लगायत रहेका छन् । यसैगरी सल्लाहकार समितीको सँयोजक तथा बरिष्ठ सल्लाहकारमा सुरेश आचार्य सहित पाँच सदस्यीय सल्लाहकार समिती चयन गरिएको छ । यस्तै प्रचार प्रसार समितीको सँयोजकमा आशिष ठकुरी र सहसँयोजकमा राज ढुँगाना रहने गरि पाँच सदस्यिय समितीको गठन गरिएको छ । यसैगरी मञ्च तथा मैदान व्यवस्थापन समितीको सँयोजकमा सरोज आचार्य, सह सँयोजकमा राजेश गजुरेल रहने गरी समिती गठन गरिएको छ भने युवा तथा स्वयँसेवक परिचालन समितीको सँयोजकमा रामकुमार थापा, सह सँयोजकमा दिनेश खतिवडालाई चयन गरिएको छ । कार्यक्रमलाई थप व्यवस्थित र प्रचार प्रसारका लागि सञ्चार सहयोगीको रुपमा रेडियो राजमार्ग ९२.१ मेगाहर्ज, कृषी रेडियो, नागरिकपाटी डटकम, अनलाईन केन्द्र डटकम, धुनिबेशी डटकम र देशविकास डटकम रहेका छन् । २०७६ असोज ०७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०७६ बुधवार - १९:०७:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology