सिद्धलेक धादिङ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ फागफुगमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रयत्नशील सामुदायिक विकास समाज ९प्रयास० नेपाल धादिङ, बोहार फाउन्डेसन , हेफर ईन्टरनेशनल नेपाल,सिद्धलेक गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत आज ३२जनालाई बाख्रा उपहार गरीएको हो । फुलबारी स्वालम्बी महिला समुहले लालिगुँरास र जलकन्या स्वबलम्बी महिला समुहका सदस्यहरुलाई २र२ ओटा बाख्रा वितरण गरेको हो । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरीएको थियो ।

फुलबारी स्वालम्बी महिला समुहका अध्यक्ष तथा उपहार महिला कृषि सहकारीको उपाध्यक्ष रञ्जना पुरिको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा कार्यक्रममा सिद्धलेक गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमला शर्माको प्रमुख आतिथ्य रहेको थियो। हेफर ईन्टरनेशनल नेपालका बरिष्ट कार्यक्रम व्यवस्थापक प्रेम स् ,कार्यक्रम व्यवस्थापक प्रेम स्याबयु, बोहार फाउण्डेशनका बिदेशी पाहुनाहरु बेल्नडन, र पेटी ,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल,उपहार महिला सहकारी का सचिव गोमा श्रेष्ठ, संचारकर्मीहरु ,सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरको समेत उल्लेख सहभागीता रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमला शर्माले महिला ससक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो । आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो । गाउँपालिकाका कार्यबाहक अध्यक्ष शर्माले गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपालले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।

यसैगरी वडाध्यक्ष रामहरि बराकोटी र देव बहादुर पुलामीले सिद्धलेक गाउँपालिकामा कुनै पनी जग्गा बाझो राख्न नपाउने भन्दै उहाँले बाझो राख्न नपाईने भनी गरेको निर्णयलाई पनि कार्यक्रमले सहयोग गरेको र महिला दिदिबहिनी मार्फत आयआर्जन र सकारात्मक सोच विकास भएकोमा गाउँपालिका खुशि रहेको र सहकार्य गरेको बताउनु भयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले समुदाय सामाजिक भावना हराउँदै गएको अबस्थामा सामाजिक पुँजि वृद्धि गर्नुको स्थानीय सीप,प्रविधि ,जमिनको प्रयोग गरि आयआर्जनको लागि कार्यक्रम गर्न गाउँपालिकाको सहकार्यमा सहयोग गरिएकोले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो । हाल ५९ समूह र उपहार महिला कृषि सहकारी मार्फत कार्यक्रम संचालनमा रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।
२०७६ असोज ०८ गते प्रकाशित