शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ प्रहरीद्धारा यात्रु सहायता कक्षको स्थापना देखि जनचेतनामुलक कार्यक्रमको आयोजना

धादिङ प्रहरीद्धारा यात्रु सहायता कक्षको स्थापना देखि जनचेतनामुलक कार्यक्रमको आयोजना

  • 6.5K
    SHARES
  • धादिङ । जिल्ला प्रहरी कार्यालयले बुधबार दिनभर गरेका कार्यक्रमहरुको बुलेटिन पठाएको छ । उसले यात्रु सहायता कक्षको स्थापना देखी जनचेतनामुलक कार्यक्रम गरेको छ । यस्तो छ, प्रहरीको बुलेटिन.... यात्रू सहायता कक्षको स्थापना गरीएको नेपालीहरुको महान चाड विजया दशमी‚ दिपावली र छट पर्व २०७६ सालको अवसरमा यात्रुहरुलाई यात्राको क्रममा हुन सक्ने बिभिन्न सास्ती‚ हैरानी तथा पिरमर्कालाई सम्वोधन गर्ने उद्धेश्यले प्रमुख जिल्ला अधिकारी श्री आसमान तामाङको प्रमुख आतिथ्यता तथा प्रनाउ रुपक खड्का‚ विभिन्न यातायात व्यवसायी संघका प्रतिनिधि‚ व्यवसायी‚ संचारकर्मी‚ स्थानिय बुद्धिजिवी,समाजसेवी लगायतको उपस्थितीमा नीलकण्ठ नगरपालिका ३ पुछारबजार स्थित प्रहरी बिट संगै यात्रु सहायता कक्ष स्थापना गरीएको छ । आकस्मिक नम्बरको प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम समुदाय प्रहरी साझेदारी कार्यक्रमू अन्तर्गत प्रहरी चौकी नलाङद्वारा सिद्धलेक १ नयाँबस्ती स्थित स्थानिय निकाय, महिला समूह तथा समुदाय समेतको उपस्थितिमा आकस्मिक नम्बर १००,१०२,१०३ र १०४ को प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । स्थानिय तह र प्रहरी बाट प्राप्त हुने सेवा र सहयोग बारे जनचेतनामुलक कार्यक्रम समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय फुलखर्कद्वारा गंगाजमुना ५ भुमिस्थान स्थितमा स्थानिय निकाय , महिला समुह तथा समुदाय समेतको उपस्थितिमा स्थानिय तह र प्रहरी बाट प्राप्त हुने सेवा र सहयोग बारे जनचेतना मुलक कार्यक्रम गरिएको छ । चाडपर्वमा हुने अपराध रोकथाम, मानवबेचबिखन तथा ओसारपसार रोकथाम सम्बन्धी जनचेतनामुलक कार्यक्रम समुदाय प्रहरी साझेदारी कार्यक्रमू अन्तर्गत प्रहरी चौकी सेमजोङद्वारा नेत्रावति ३ सेमजोङ वडा कार्यालय, प्रहरी चौकी सेर्तुङद्वारा रुबिभ्यालि ४ श्री टुवाङ आ बि स्थितमा स्थानिय निकाय,विद्यालय, महिला समुह तथा समुदाय समेतको उपस्थितिमा चाडपर्वमा हुने अपराध रोकथाम , मानवबेचबिखन तथा ओसारपसार रोकथाम सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । डेङ्गु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय सुनौलाबजार सुनौलाबजार,अस्थाई प्रहरी पोष्ट बुङचुङद्वारा सिद्धलेक १ बुङचुङ बजार, अ।प्र।पोष्ट खत्रिपौवाद्वारा सिद्धलेक १ बुङचुङ बजार, अ।प्र।पोष्ट खत्रिपौवाद्वारा धुनिबेसि न।पा।९, प्र।चौ।मैदीद्वारा ज्वालामुखि गा।पा।२ बतासे, अ।प्र।पोष्ट सातभ्ञज्याङद्वारा ज्वालामुखि गा।पा।७ रानाचौतारा स्थितमा स्थानिय निकाय, विभिन्न संघसंस्था, महिला समूह तथा विद्यालय समेतको उपस्थितिमा डेङ्गु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । लागुऔषध र घरेलु मदिरा रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्र।चौ।धुवाकोटद्वारा निलकण्ठ १४ श्री सरस्वति मा।बि।, प्र।चौ।टोड्केद्वारा निलकण्ठ न।पा।११ केराउजा स्थितमा स्थानिय निकायका प्रतिनिधीहरु, महिला समूह, जेष्ठ नागरीक तथा स्थानियवासीहरु को उपस्थितिमा लागुऔषध र घरेलु मदिरा रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । २०७६ असोज ०८ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ९, २०७६ बिहिवार - ०५:४५:४५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology