सन्तोष सुवेदी
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११ को सिड्स नेपालको कार्यालयमा वडास्तरिय गठनभएका बाल सँरक्षण समितीका सदस्यहरुलाई दुई दिने तालिम दिईएको छ । जोखिममा रहेका बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको चन्द्र ज्योति एकिकृत ग्रामिण बिकास समाज सिड्स नेपाल धादिङद्धारा सञ्चालित जोखिममा रहेका बालबालिकाहरुलाई सुरक्षा परियोजना एसभिसि अन्तर्गत गठन भएका वडास्तरिय बाल सँरक्षण समीतीका सदस्यहरुको दुई दिने तालिम बिहिबार समापन भएको सोहि परियोजनाका कार्यक्रम अधिकृत दिलबहादुर रम्तेलले बताउनुभयो ।
बाल सँरक्षण प्रणालीलाई ब्यबस्थित गर्ने अभिप्रायले उक्त तालिम सञ्चालन गरिएको हो । वडामा जोखिममा रहेका बालबालिकाहरुको पहिचान, वडामा रहेका समस्याहरु, बार्षिक कार्ययोजना, काम, कर्तब्य, भुमिका लगायतका बिषयमा रहेर तालिम सञ्चालन गरिएको कार्यक्रम अधिकृत दिलबहादुर रम्तेलले जानकारी दिनुभयो । बाल सँरक्षण समितीहरु निर्माण गरि कसरी निती नियम बनाउने, गाउँपालिका, वडामा बाल सँरक्षण गर्न पहल गर्ने लगायतका बिबिध बिषयमा प्रशिक्षण दिईएको उहाँले बताउनुभयो ।
सिड्स नेपाल धादिङका अध्यक्ष माधव प्रसाद खतिवडाको अध्यक्षतामा सञ्चालन भएको तालिममा जिलला समन्वय समीतीका सदस्य उर्मिला रेग्मी, थाक्रे ११ का वडा अध्यक्ष रबि प्रकाश ओझा, वडा नम्बर ७ का अध्यक्ष रामकुमार बस्नेत, कार्यपालिका सदस्य सुसिला सुवेदी, वडा नम्बर ११ का वडा सदस्य लक्ष्मी सुनार, वडा ४ का वडा सदस्य मिना सुनार, वडा नम्बर २ का सदस्य कृष्ण प्रसाद अर्याल, सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेति, मिलीजुली महिला समुहका सचिव यशोदा बिडारी, साहास नेपालका अम्बिका नेपाल, अनुगमन समीतीका सायोजक अरुन लामा लगायतको आतिथयता रहेको थियो ।
दुई दिने तालिममा किरण थापाले प्रशिक्षण दिनुभएको थियो भने जम्मा उपस्थिती ४० जना रहेको थियो ।
२०७६ असोज १० गते प्रकाशित