शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रेडियो राजमार्ग नवौँ वर्षमा प्रवेश

रेडियो राजमार्ग नवौँ वर्षमा प्रवेश

  • 7.1K
    SHARES
  • धार्के । धादिङको धुनिबेसी नगरपालिका – ६ धार्केबाट प्रशारण भइरहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्ज नवौँ वर्षमा प्रवेश गरेको छ । २०६८ साल असोज ११ गतेको घटस्थापनाको दिन देखि परिक्षण प्रशारण थालेको रेडियो शनिबारदेखि आठौँ वर्ष पूरा गरेर नवौँ वर्षमा प्रवेश गरेको हो । राजमार्ग सामुदायिक सञ्चार केन्द्रले नेपालमै पहिलोपटक राजमार्गका यात्रु, चालक र अन्य सडक प्रयोगकर्ताको चासो र सरोकारका विषय समेटिने गरी प्रसारण सुरु गरेको रडियो राजमार्ग बिहान ५ बजे देखि रातको १० बजे सम्म १७ घण्टा प्रसारण हुँदै आएको छ । धादिङको धुनिबेशी ६ धार्केमा स्टेशन र गल्छि गाउँपालिकाको रानीमालामा प्रसारण केन्द्र रहेको रेडियोले सडक र सडकसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित हुँदै आएको छ । रेडियोले सडक सन्देश र खबरका साथै शिक्षा, स्वास्थ्य, मनोरञ्जन, धर्म, संस्कृति, आदिवासी जनजाति, दलित, महिलाका सवालमा समाचार र कार्यक्रम प्रशारण गर्दै आएको छ । सूचना तथा सञ्चार मन्त्रालयको अनुमतिमा अमेरिकाको नटेल कम्पनीको ट्रान्समिटर मार्फत नेपालमै पहिलोपल्ट रेडियो डाटा सिस्टम ९आरडिएस० प्रविधिको प्रयोग गरेको रेडियोले समाचार पोर्टल र मोबाईल एप्स मार्फत पनि सुसुचित गरिरहेको छ । वेब www.rajmargasanchar.org.np र radiorajmarga.com मोबाईल एप्स Radio Rajmarga रहेको रेडियोको प्रसारण हाम्रो पात्रो लगायतका एप्सबाट पनि सुन्न सकिन्छ । यसका साथै रेडियो राजमार्गले रसुवाको रेडियो लाङटाङ र नुवाकोटमा रहेको नुवाकोट एफएम सँग सहकार्य गरी समाचार तथा कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्दै आईरहेको छ । राजमार्गको यात्रामा समाचार, सूचना र सँगितका लागि रेडियो राजमार्ग श्रोताको प्रिय बनेको छ । राजमार्गको सूचना, शिक्षा र सडक उपयोगको विषयमा नागरिक सवालका विभिन्न पक्षमा सहकार्य गर्दै आएको रेडियोले आगामी दिनमा रेडियोको प्रसारण सामाग्रीहरुलाई परिष्कृत गर्दै लैजाने स्टेशन म्यानेजर आशिष ठकुरीले बताए । रेडियो धादिङ लगायत नुवाकोट, रसुवा, मकवानपुर, चितवन र गोरखा लगायतका जिल्लामा प्रत्यक्ष र अनलाईन मार्फत विश्वभर सुन्न सकिने व्यवस्था रहेको छ । २०७६ असोज ११ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ११, २०७६ शनिवार - ०६:५१:०८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology