आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पर्यटकिय स्थल रानी झरनामा सरसफाई

पर्यटकिय स्थल रानी झरनामा सरसफाई

  • 8.0K
    SHARES
  • सन्तोष सुबेदी धार्के । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको पर्यटकिय स्थल रानी झरनाको एक कार्यक्रमका बिच सरसफाई गरिएको छ । बिश्व पर्यटन दिवसको अबसर पारेर नेपाल युवा परिषशद् धादिङ शाखाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । युवा परिवर्तनको सँबाहक हुन भन्ने मूल नाराका साथ सञ्चालन भएको सरसफाई कार्यक्रममा थाक्रे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पुर्णबहादुर कार्की, जनजागृति माध्यमिक बिद्यालयका प्रधानाध्यपक लावण फुँयाल, सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेति, सेतिदेबि माध्यमिक बिद्यालयका स्काउटका बिद्यार्थीहरु, लगायतका ब्यक्तित्वहरुको सहभागीतामा सरसफाई कार्यक्रम सम्पन्न भएको नेपाल युवा परिषशद् धादिङ शाखाका अध्यक्ष देबकी पौड्यालले जानकारी दिनुभयो । नेपाल युवा परिषद्को केन्द्रिय सम्मेलन २०१९ द्धारा पारित काठमाण्डौ घोषणापत्र अनुसार ७७ वटै जिल्लाका साँस्कृतिक एवम् पर्यटकिय स्थलहरुमा २७ सेटेम्बर अर्थात असोज १० गते आज बिश्व पर्यटन दिवसका दिन पर्यटकिय स्थल रानी झरनामा राष्ट्रिय स्तरको बृहत् सरसफाई कार्यक्रम सम्पन्न भएको हो । पर्यटकिय स्थलको प्रचार प्रसार एवम् सँरक्षणका लागी बिबिध पक्षबाट काम भईरहेको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेबबेशिबाट करिव आधा घण्टाको हिडाई पछि पर्यटकिय स्थल रानी झरना स्थल पुग्न सकिन्छ । कच्ची सडकबाट रानी झरना सम्म जाने बाटोमा सिँढी निर्माण गरिएको छ भने बिभिन्न देबताका प्रतिमा पनि बनाईएको छ । सरसफाई कार्यक्रममा उपस्थित ब्यक्तिहरुले यसको अझ प्रचारप्रसारमा जोड दिई साँच्चै उत्कृष्ट पर्यटन स्थल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सरसफाई कार्यक्रममा १ सय ५० भन्दा बढीको सहभागीता रहेको थियो । सरसफाई कार्यक्रममा नेपाल युवा परिषद् धादिङले रानी झरनामा कुहिने र नकुहिने फोहोर सँकलनका लागी २ वटा बाल्टिन समेत प्रदान गरिएको नेपाल युवा परिषद् धादिङकी अध्यक्ष देबकी पौड्यालले जानकारी दिनुभयो । सरसफाई कार्यक्रममा रेडियो राजमार्ग ९२।१ मेगाहर्ज मिडिया सहयोगीका रुपमा रहेको थियो ।
    २०७६ असोज १० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ११, २०७६ शनिवार - ०३:१८:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology