शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिकाको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गल्छि गाउँपालिकाको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • 8.0K
    SHARES
  • शिवराज आचार्य धार्के । गल्छि गाउँपालिकाको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गल्छि गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रहेको बैरेनी स्वास्थ्य चौकीमा शनिबार एक दिने आँखा, नाक, कान, घाँटी रोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताउनुभयो । गाउँपालिका भित्र रहेका नागरिकको स्वास्थ्यलाई ध्यान दिई एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य शिविर मार्फत ४ सय २९ जनाले आँखाको जाँच गराएका छन् भने २ सय ५१ जना भन्दा बढि स्थानिय नागरिकले नाक, कान, घाँटीको सेवा लिएका हुन् । स्वास्थ्य शिविरमा दि«ष्टी आई केयर सेन्टर कलंकीका डा भाईराजा श्रेष्ठ, आँखा रोग विशेषज्ञ, हिरालाल दाहाल, रक्षा पण्डित, विनिता शर्माको टोलिले स्वास्थ्य सेवा लिन आएका आँखाका विरामीहरुको उपचार गराएका थिए । त्यसैगरी टिचिङ अस्पताल काठमाण्डौंका नाक, कान घाँटीले विशेषज्ञ डा.विजय खरेल सहितको टोलीले चेकजाँच गराएका थिए । स्वास्थ्य शिविरमा सेवा लिन आएका विरामीहरुलाई औषधी र चस्मा गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको अध्यक्ष कृष्णहरि श्रेष्ठले बताउनुभयो । गल्छि गाउँपालिका अध्यक्ष श्रेष्ठले स्वास्थ्य शिविरको उद्घाटन गर्नु भएको कार्यक्रममा ६ बाहिनी अड्डा बैरेनीका सहायक रथी सहित गाउँपालिको उपाध्यक्ष राधा तिम्लसिना, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडी, बैरेनी स्वास्थ्य चौकीका प्रमुख राम प्रसाद ज्ञावाली वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठ लगायतको सहभागीता रहेको प्रमुख प्रशासकिय अधिकृत ऐडीले बताउनु भयो ।
    २०७६ असोज ११ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - ०३:३९:१५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology