शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिकामा जेष्ठ नागरिक समिति गठन कार्यको सुरुवात

गल्छि गाउँपालिकामा जेष्ठ नागरिक समिति गठन कार्यको सुरुवात

  • 6.0K
    SHARES
  • महेश्वर सुबेदी धार्के । धादिङ्को गल्छि गाउंपालिकाले जेष्ठ नागरिकहरुको हकहितका लागि वडा न ६ बाट नागरिक समिति गठन कार्यको सुरुवात गरेको छ । गाउंपालिकाको सबै वडाहरुमा गठन गरिने उक्त जेष्ठ नागरिक समितिमा वडा न ६ का लागि ७ सदस्यीय समीति गठन गरिएको छ । गठन गरिएको समितिको अध्यक्षमा शम्भु प्रसाद खतिवडा र सचिबमा साधुराम अर्याल चयन हुनुभएको छ । त्यस्तै समितिको अन्य पदहरुका लागि राजन भन्डारी, तिलक भन्डारी ,पुर्णमाया भुजेल र तुलसीमाया श्रेष्ठ चयन हुनुभएको छ । वडा न ६ का वडा अध्यक्ष राजन श्रेष्ठको अध्यक्षता र गाउंपालीकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ प्रमुख अतिथी रहनुभएको भएको एक कार्यक्रमका बिच उक्त समिति गठन गरिएको गाउंपालीकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी दिनुभयो । त्यस्तै समिती गठन कार्यक्रममा प्रमुख प्रशासकीय अधीकृत दान बहादुर ऐडी, महिला बालबालीका शाखाका प्रमुख सानुमाया भन्डारी ,प्रशासन शाखाका प्रमुख ऋषिराम कोईराला , वडा सचिब तुलसी चपाई लगायत वडाका जेष्ठ नागरिकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष कृष्णहरी श्रेष्ठले जेष्ठ नागरिकहरुको प्रत्येक वडाहरुमा समीति गठन गरिने र अन्त्यमा गाउंपालिका स्तरीय एक मुल समीति गठन गरिने बताउनुभयो साथै उक्त मुल समीतिले जेष्ठ नागरिकहरुको हकहीतका लागी कार्य गर्ने पनि बताउनुभयो ।
    २०७६ असोज ११ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - ०४:४१:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology