शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भरतपुर कारागारमा धादिङको कैदीको मृत्यु

भरतपुर कारागारमा धादिङको कैदीको मृत्यु

  • 3.5K
    SHARES
  • भरतपुर । जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ। कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन्। कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा विसं २०७३ मा छ वर्ष कैद सजाय पाएका राईको आज बिहान मृत्यु भएको हो। अर्बुदरोगका कारण काठमाडौँबाट यही असोज २ गते कारागार कार्यालय भरतपुर ल्याइएको थियो। उनको उपचारका क्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो। मृतक राईको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। २०७६ असोज १४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०७६ मंगलवार - १७:३४:२३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology