शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रात छिप्पिँदै गर्दा कर्मचारीसँग महराले बिताएको त्यो एक घण्टा १९ मिनेट

रात छिप्पिँदै गर्दा कर्मचारीसँग महराले बिताएको त्यो एक घण्टा १९ मिनेट

  • 4.1K
    SHARES
  • काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै कर्मचारी रोशनी शाहीको निवासमा एक घण्टा १९ मिनेट बिताएको खुलेको छ।

    images
    images

    प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको हो। उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो ।

    साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो। एक घण्टा १९ मिनेटपछि ८स्२५ मा उनी त्यहाँबाट फर्किएका थिए। त्यहाँबाट महरा सोझै सभामुख निवास बालुवाटार पुगेका थिए। प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो, जसमा महरा ८ बजेर ५३ मिनेटमा निवास प्रवेश गरेको देखिन्छ।

    प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली बुधबार साढे ९ बजेतिर शाहीको कोठामै गएर घटनाबारे थप बुझेको थियो। त्यतिबेला पनि शाहीले आपसमा बाझिने गरी घटनाबारे बताएकी थिइन्।

    प्रहरीले लिखित जाहेरी दिन आग्रह गर्दा उनले श्रीमान् आएपछि मात्रै आफूले निर्णय लिने बताएकी थिइन्। अघिल्लो दिनसम्म आफूमाथि यौनहिंसा भएको बताउँदै प्रहरीको टोल फ्रि नम्बर एक सयमा कल गरेकी र केही अनलाइन सञ्चारकर्मीसँग घटना सुनाएकी उनी ४८ घण्टाभित्रै ‘युटर्न’भइन्।

    शाहीले सोमबार आफैंले दिएको अन्तर्वार्ताभन्दा ठ्याक्कै विपरीत खालको अन्तर्वार्ता मंगलबार दिइन्। उनले मंगलबारको अन्तर्वार्तामा महरा आफ्नो घरमै नआएको दाबी गरिन् । मंगलबार दिनभरजसो मोबाइल फोन अफ गरेर सम्पर्क बाहिर रहेकी शाहीले अन्तर्वार्ता दिएपछि मात्रै आफ्नो मोबाइल अन गरेकी थिइन् ।

    उनले बयान फेरेको विषयमा मंगलबार राति उनीसँग जिज्ञासा राखेको थियो । जवाफमा उनले यो विषय बन्द भइसकेको उल्लेख गर्दै भनिन्, ‘यस्ता झिनामसिना कुरातिर नजाम् के। आ–आफ्नो काम गर्नुस् ।’ कान्तिपुर दैनिकमा जनकराज सापकोटाले खबर लेखेका छन् ।

    २०७६ असोज १६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०७६ बिहिवार - १६:२७:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology