आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेकपाकै गाडी चढ्छन् बाबुराम र विप्लव

नेकपाकै गाडी चढ्छन् बाबुराम र विप्लव

  • 3.4K
    SHARES
  • काठमाडौं । गाडी अन्य पार्टीका नेताहरूले चढिरहेका छन्। तर सत्तारूढ नेकपाले ती सबै गाडी आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ। नेकपाले प्रतिबन्धित नेकपा महासचिव विप्लव, पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो।

    images

    तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि केन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत छ।

    तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तलाई बुझाएका हुन्।

    ढकालले बुझेको पेरिसडाँडास्थित कार्यालयको सम्पत्ति विवरणमा पार्टीको सम्पत्तिका नाममा ३४ सवारीसाधन रहेको उल्लेख छ। त्यसैमध्येका ११ वटा गाडी विप्लवदेखि डा। भट्टराईसम्मले प्रयोग गरिरहेका छन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

    २०७६ असोज १७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७६ शुक्रवार - १५:२९:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology