शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपनिर्वाचनमा ४ लाख ५४ हजार मतदाता

उपनिर्वाचनमा ४ लाख ५४ हजार मतदाता

  • 3.8K
    SHARES
  • काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेका छन् । जसमध्ये २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० जना पुरुष छन् । त्यस्तै २ जना समलिंगी तेस्रोलिंगी मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । मंसिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाको ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँलिका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदमा निर्वाचन हुँदैछ ।आयोगले उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २ सय ४७ स्थलमा ५ सय ३७ निर्वाचन केन्द्र राखेको आयोगका प्रवक्ता शर्माले जानकारी दिनु भएको छ ।
    २०७६ असोज २३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०७६ शुक्रवार - ०३:३४:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology