आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मह खानुअघि यी कुरामा ध्यान दिनुहोस् !

मह खानुअघि यी कुरामा ध्यान दिनुहोस् !

  • 5.5K
    SHARES
  • मह स्वास्थ्यका लागि एकदमै गुणकारी छ । यसको सेवनले शरीरमा स्फूर्ति र ताजापन उत्पन्न गर्छ । तर, यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । किनभने अलिकति गडबडीका कारण मह स्वास्थ्यका लागि खतरनाक साबित हुन पनि सक्छ । स्वास्थ्यसम्बन्धी जानकारहरूका अनुसार मह खाँदा यी कुरामा ध्यान दिनुपर्छ :

    images

    १. मह अलि गरम वस्तु हो । यसलाई तातो खानासँगै खानुहुँदैन । तातो खानासँगै खाँदा झाडापखाला हुन सक्छ ।

    २. चिया वा कफीमा महको सेवनले शरीरमा ताप बढाउँछ । यसले एक किसिमको छटपटी उत्पन्न गर्न सक्छ ।

    ३. महसँगै मुला खानुहुँदैन । यसले शरीरमा टाक्सिन बन्न थाल्छ । ४. माछा र मासुसँगै मह खानाले शरीरमा टाक्सिन उत्पन्न हुन्छ । यसले शरीरमा नराम्रो असर गर्छ ।

    ५. घिउ र मह एकसाथ बराबर अनुपातमा मिलाएर खानुहुँदैन । यो शरीरका लागि बिष साबित हुन सक्छ । - एजेन्सी


    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७६ आइतवार - ०५:५६:१० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology