काठमाण्डौँ । डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका(५ का २१ वर्षीय केशव ओझा रहेका छन्।
ओझाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। जिपमा सवार अन्य ४ जनाको अवस्था सामान्य रहेको जनाइएको छ।
डोटीको दीपायलबाट शिखर नगरपालिका तिजाली चुडीका लागि छुटेको ग१ज ६१७० नम्बरको बोलेरो जिप आज बिहान साढे ३ बजे तिजाली चुडी नजिक दुर्घटनामा परेको हो। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ। मृतक ओझा जिपचालक समेत रहेका थिए ।
२०७६ असोज २८ गते प्रकाशित