शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मेक्सिकोमा प्रहरीको गाडीमा एम्बुस आक्रमण हुँदा १४ जनाको मृत्यु

मेक्सिकोमा प्रहरीको गाडीमा एम्बुस आक्रमण हुँदा १४ जनाको मृत्यु

  • 4.3K
    SHARES
  • काठमाण्डौँ । एम्बुस आक्रमणबाट मेक्सिकोमा १४ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । अरु तीन प्रहरी अधिकारी घाइते भएका छन् ।

    images
    images

    मेक्सिकोको पश्चिमी क्षेत्रमा अदालतको आदेश लिएर जाँदै गरेको प्रहरीको गाडीलाई लक्षित गरेर आपराधिक समूहले आक्रमण गरेको हो । मिचोआकान राज्यको एल अग्वाखेमा प्रहरीको गाडीमा एम्बुस आक्रमण भएको मेक्सिकोका सञ्चार माध्यमले जनाएका छन् ।

    मेक्सिकोको शक्तिशाली आपराधिक समूह खालिस्को नुइभा खेनेरासिओन कार्तेल आक्रमण गरेको अनुमान छ । प्रहरीको गाडी एल अग्वाखे पार गर्दै गर्दा एम्बुस आक्रमण भएको हो । हतियारधारीले प्रहरीको गाडीलाई घेरेका थिए । त्यसपछि उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेका हुन्।

    आक्रमणमा संलग्नको खोजीका लागि सबै संयन्त्र परिचान गरिएको सरकारी अधिकारीले बताएका छन् । आक्रमण भएको क्षेत्र लागुऔषध उत्पादक तथा तस्करको बाहुल्यता रहेको ठाउँ हो र त्यहाँ भिडन्त हुने गरेका छन् । -एजेन्सी

    २०७६ असोज २८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २८, २०७६ मंगलवार - १७:३०:२७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology