आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एकतर्फी सवारी सञ्चालन गराएर नौबिसे-पिप्लामोड सडकमा कालोपत्रे

एकतर्फी सवारी सञ्चालन गराएर नौबिसे-पिप्लामोड सडकमा कालोपत्रे

  • 3.7K
    SHARES
  • धादिङ । त्रिभुवन राजपथको नौबिसे पिप्लामोड सडकमा मँगलबार देखी कालोपत्रेको काम जारी छ । दशै अघि सवारी रोकी कालोपत्रे सुरु गरेपनि अत्यधिक सवारीजामका कारण स्थगित गरिएको थियो । एकतर्फि रुपमा सवारी साधन सन्चालन हुँदा सवारी साधनको चाप रहने गरेको छ । यस वर्ष पनि डिभिजन सडक कार्यालय भरतपुरले जीएमआर कम्पनीलाई सडक मर्मतको जिम्मा दिएको हो । असार अगावै सकिसक्नुपर्ने काम वर्षा र विविध कारण देखाउँदै चाडपर्वको मुखमा आएर झारा टार्ने काम गरेको यात्रुहरुले आरोप लगाएका छन् । सवारीको चाप कम हुने समयमा सडक मर्मतको काम गर्नका लागि अनुरोध गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले बताए । २०७६ असोज २९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०७६ बिहिवार - ००:२०:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology