नेपालका चर्चित एक दर्जन जति कलाकारहरुको आवाज दुरुस्तै निकाल्ने खुबी भएका कलाकार हुन् जगदिश अधिकारी । नुवाकोटको लिखु गाउँपालिका ६ थानसिङमा उनी बालापनमा चञ्चले स्वभावका थिए, सानैदेखि गाउँघरमा सबैले चतुरे, चङखे भनेर बोलाउँथे, किनकि उनी गाउँघरमा सबैलाइ हँसाउँदै, बाख्रा, कुकुरको स्वर निकाल्दै हिँड्ने गर्दथे । युनिक इन्टरनेशनल स्कुल जुन नाम परिवर्तन भएर अहिले व्रिलियन्ट भएको छ जहाँ वोर्डिङ स्कुलमा यूकेजी सम्म अध्ययन गरे त्यसपछि गाउँघर नजिकै रहेको नर्थ स्टार इङलिस वोर्डिङमा कक्षा ३ सम्म अध्ययन गरे, नर्थ स्टार इङलिस वोर्डिङमा त्यो भन्दा माथिको कक्षा नभएकोले श्री जनज्ञान निकेतन माविमा भर्ना भए, त्यहाँ कक्षा ९ सम्म अध्ययन गरे पछि १० कक्षा अध्ययनका लागि महेन्द्र उच्च मा.वि. मा भर्ना भए, उक्त विद्यालयबाट २०६२ सालमा एस.एल.सि उत्तिर्ण गरे र उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं आए ।
कलाकारितामा प्रवेश र काम काठमाण्डौं आएपछि सानैदेखिको धोको पुरा गर्नका लागि ठाउँ खोजिरहेका उनले राष्ट्रिय नाचघर जमलमा अभिनयको कोर्ष खुलेको थाहा पाए र त्यहाँ जान थाले । अभिनयको कोर्ष सिक्दै गर्दा वरिष्ठ कलाकारहरुसँग चिनजान र घुलमिल हुन थाल्यो, विरेन्द्र हमालद्धारा सञ्चालित एम.आर. थ्रियटर पुरानो वानेश्वरमा २ वर्ष काम गरे, उनका गुरु प्रभाकरदेव शर्माले धेरै कुरा सिकाए जुन कार्यले गर्दा पहिले सोचेका सपनाहरु विस्तारै पूरा हुन थाले ।
सुरुमा “लौ मा¥यो” टेलिफिल्मबाट अभिनयको यात्रा सुरु गरेका उनले धेरैबाट प्रशंसा प्राप्त गरे, त्यसपछि “पछुतो ” फिल्ममा काम गर्ने अवसर जु¥यो, काम गर्दै जाँदा प्रकाश ओझाद्धारा निर्मित “गाइ कि त्रिशुल ” हाँस्यव्यङ्ग टेलिसिरियलमा चार भागसम्मको अङ्कमा अभिनय गरे, प्रकाश ओझाकै “तिते करेली ” हाँस्यव्यङ्ग टेलिसिरियलमा साइड भुमिकामा केहि भागसम्म काम गरे, यसैगरी गोपाल अधिकारी ट्वाकेन्द्र मार्फत हाँस्यव्यङ्ग टेलिसिरियल “तितो सत्य ” मा अभिनय गरे, यसैगरी उनका गुरु उपेन्द्र तिमिल्सेनाले निर्देशन गरेका टेलिफिल्म “जीवन चक्र ” मा अभिनयको यात्रा गर्दागर्दै अध्ययनको शिलशिलामा लन्डन प्रस्थान गरे र लन्डनको विविध कार्यक्रममा सहभागि पनी भए ।
सन २०१२, २०१३ तिर लण्डन, इंग्ल्याण्ड मा विविध कार्यक्रममा सहभागि भएर आफ्नो प्रस्तुती प्रस्तुत गरे २०१४, २०१५ मा फ्रान्स को विविध कार्यक्रममा प्रस्तुति दिँदै सन २०१६ मा नेपाल फर्किए, नेपालमा आए लगत्तै अभिनयको पाटोलाइ उनले निरन्तरता दिइरहेका छन् । जनता टेलिभिजनबाट प्रसारण भएको वद्रि अधिकारीद्धारा निर्देशन गरिएको टेलिफिल्म “मानव ” मा मसिनेको भूमिकामा देखिए भने हाल नेपाल टेलिभिजनको “ भरोसा” र कान्तिपुर टेलिभिजन को यु एण्ड आई मा जय कै भूमिका मा आईरहेका छन् । अभिनय सँगसँगै रेडियोमा हाँस्यव्यङ्गको कार्यक्रम तात्तो न छारो , टु मच, र जय होस् सञ्चालन गरिरहेका छन् ।
अब छिट्टै प्रदर्शनमा आउन लागेको फिल्म “आर्या ” र “छि काका ” मा उनको विशेष भूमिका छ, नेपाली चलचित्र हरु वगखभलष्भि , लखपति माग्ने, त्रिकोण, अधुरो प्रेम, प्रलोभन मा अभिनय गरेका छन् र अब छिट्टै उनलाई जगदिश्वोर थापा र सुमन घिमिरेको चलचित्र "साथ साथ " मा खलनायकको भुमिकामा देख्न पाइने छ । टक शो पनी सञ्चालन गरेर अनुभव बटुलिसकेका उनी भोलीका दिनमा पनी कलाकारीता क्षेत्रमै लागिरहने बताउँछन ।
सफल हुन सुझाव कलाकारीता क्षेत्रमा लागे सँगसँगै विभिन्न क्षेत्रबाट सम्मानित र प्रशंसित भएका छन् । उनी केटिभी फिल्म बोटानिकाद्धारा उत्कृष्ठ सहयोगी अभिनेता (२०६५), भुतपूर्व व्रिटिस आर्मि यू.के समाजद्धारा सम्मान (२०६८, द्दण्टढ),नेपाली एकता समाज फ्रान्सद्धारा सम्मान (२०७०), एन।आर।एन फ्रान्सद्धारा नयाँवर्षको कार्यक्रममा सम्मान (२०७१), गुरुङ्ग समाज फ्रान्सद्धारा सम्मान (२०७२), नेपाल नाट्य सांस्कृतिक संस्थानद्धारा उत्कृष्ठ अभिनय अवार्ड (२०७४), नेपाल स्वस्थाकारी संघ (२०७४), नेपाल उद्योग बनिज्ये संघ (२०७५), नुवाकोट महोत्सव (२०७५) लगायतका थुप्रै सम्मानहरु प्राप्त गरिसकेका छन् । सफलताका लागि निरन्तर मेहनत, अभ्यास, प्रस्तुति हुनुुपर्ने उनको भनाई छ ।?https://en.everybodywiki.com/Jagadish_adhikari