शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अमेरिकी र रुसी राष्ट्रपति नेपाल आउने संकेत

अमेरिकी र रुसी राष्ट्रपति नेपाल आउने संकेत

  • 5.6K
    SHARES
  • काठमाडौँ । सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणको तयारी सुरु गरेको छ । विश्वका नेता बोलाएर सगरमाथा सम्वाद गराउने तयारीमा रहेको सरकारले अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल आमन्त्रण गरेको हो । ‘अमेरिका होस् चाहे रुस उच्चस्तरीय भ्रमणका लागि हामी प्रयासरत छौं’, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले भने भ्रमणको समयबारे भने खुलाउन नसकिने उनको भनाई छ । ‘शक्ति राष्ट्रहरुको भ्रमणको हाम्रा लागि खुशीको कुरा हो,’ बाँस्कोटाले भने, ‘डेट कसैको तोक्न सक्दैनौं । यो आ–आफ्नो अनुकूलताको कुरा हुन्छ ।’ सरकारले आफ्नो नीति तथा कार्यक्रममै उच्चस्तरीय राजनीतिक भ्रमणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले थपे, ‘मित्र राष्ट्रबाट उच्चस्तरीय भ्रमणको अपेक्षा गरेका छौं । भ्रमणको संख्या र स्तर बढ्दै जानेछ । सुरक्षा, स्वागत सम्मान गर्न सक्छौं । त्यो चिनियाँ राष्ट्रपतिको भ्रमणमा देखिइसकेको छ । २०७६ असोज ३० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०७६ शुक्रवार - ०५:४३:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology