शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मलेखुमा रेडियो कार्यक्रम १६ –१७ को बारेमा समिक्षा

मलेखुमा रेडियो कार्यक्रम १६ –१७ को बारेमा समिक्षा

  • 7.8K
    SHARES
  • मलेखु धादिङ । आवाज अभियान नेपाल धादिङले सञ्चालन गदै आएको रेडियो कार्यक्रम १६ –१७ को बारेमा समिक्षा गरिएकको छ । जिल्लाका तिन वटा रेडियो रेडियो राजमार्ग ,रेडियो धादिङ र निलकण्ठ एफएम बाट प्रसारण हुदै आएको जनचेतना मुलक रेडियो कार्यक्रम १६– १७ का बारेमा आज मलेखुमा रहेको होटल हाईवे पिस एण्ड रेष्टुरेन्टमा समिक्षा भएको छ । समिक्षा कार्यक्रममा रेडियो कार्यक्रम सञ्चालन गर्दा आई पर्ने समस्या, चुनौति र आगामि दिनमा समेटर्नु पर्ने विषय वस्तुका बारेमा कुरा गरिएको थियो । आवाज अभियान नेपाल धादिङले बाल यौन शोषण विरुद्ध सचेतना सन्देश ,व्यवसायिक बाल यौन शोषण विरुद्धको परियोजना सञ्चादन गदै आएको छ । रेडियो कार्यक्रममा बाल यौन शोषण,घरेलु हिंसा,श्रम शोषण ,किशोरी हिंसा लगायतका विषयहरु लाई समेटर्दै आएको छ । आवाज अभियान नेपालले सन् २०१५ बाट रेडियो कार्यक्रम १६– १७ प्रसारण गर्दै आएको छ । कार्यक्रमले १६– १७ उमेरका बाल बालिका र किशोर किशोरी लाई लक्षित गरि कार्यक्रम प्रसारण गदै आएको आवाज अभियान नेपाल धादिङका कार्यकारी निर्देशक केशव दुवाडीले बताउनु भयो । समिक्षा कार्यक्रममा तिन वटा रेडियोका सञ्चार कर्मी ,संस्थाका कार्यकारी निर्देशक ,कर्मचारी लगायतको सहभागिता रहेको थियो । २०७६ कार्तिक ०२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३, २०७६ आइतवार - ०३:२२:४७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology