शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नौविसेमा रहेको सडक बोर्ड कार्यलय पछाडी भेटिएको प्रेसर कुकर बम डिस्पोज

नौविसेमा रहेको सडक बोर्ड कार्यलय पछाडी भेटिएको प्रेसर कुकर बम डिस्पोज

  • 5.5K
    SHARES
  • धादिङ ,धुनीबेशि । पृथ्वि राजमार्ग अन्त्रगत धादिङको धुनीबेशि नगरपालिका वडा न ६ मा रहेको सडक बोर्ड नेपालको  सवारी कर कार्यलय पछाडी भेटिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ । झोलाभित्र कालो टेपले बेरिएको अवस्थामा बम आईतबार बिहान स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए, प्रहरीले बमभएको पहिचान गरे सँगै बम डिस्पोज गर्न नेपाली सेनाको टोलीलाई बोलाएको थियो। नेपालि सेनाको ६ बाहीनि अड्डा बैरेनिको टोलिले बमलाई डिस्पोज गरेको हो।बमलाई डिस्पोज गरिएतापनि बम पड्किने अबस्थामा भने थिएन र तर्साउनको लागि बम राखिएको अनुमान प्रहरीले गरेको छ । बम कसले र किन राखेको भन्ने बारे अनुसन्धान भैरहेको र घटनास्थलबाट नाम उल्लेख नभएको पर्चा पनि भेटिएको ईलाका कार्यलय खानिखोलाका प्रमुख रुकबहादुर खडकाले बताउनुभयो।
    २०७६ कार्तिक ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३, २०७६ आइतवार - १९:१०:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology