शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिका द्धारा अपाङगता परिचय पत्र वितरण गर्न सुरु

थाक्रे गाउँपालिका द्धारा अपाङगता परिचय पत्र वितरण गर्न सुरु

  • 6.5K
    SHARES
  •   शिवराज आचार्य महादेबबेशी । अपाङगता भएका नागरिकहरुको लागी थाक्रे गाउँपालिकाले अपाङगता परिचय पत्र वितरण कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले कार्तिक ३ र ४ गते गाउँपालिकाको सभाहलमा दुई दिने परिचय पत्र वितरण कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले बताउनु भएको छ । विभिन्न रुपबाट अपाङग भएर बस्नु परेका नागरिकहरुका लागी नेपाल सरकारले दिने सेवा सुविधाको प्रत्यभुती गराउनका लागी यो कार्यक्रमको आयोजना गरीएको आचार्यले बताउनु भयो । नेपालको संविधानले दफा ३को उपदफा १ सगं सम्बन्धित रहेर अपाङगताको वर्गीकरण विभिन्न भागमा गरेको छ । परिचय पत्र वितरण कार्यक्रमले अपाङगता भएर घरबाट बाहीर जान नस्केका नागरिकलाई सहयोग पुगेको उपाध्यक्ष अम्बिका रुपाखेतीले बताउनु भएको छ । दुई दिने परिचय पत्र वितरण कार्यक्रम गर्दा सहभागी हुन नसकेका अपाङ नागरिकको घरमा नौ गएर परिचय पत्र वितरण गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले शुशिला परियारलाई निलो रङको ख वर्गको परिचय पत्र वितरण गर्नु भएको छ । परिचय पत्र लिनका लागी गाउँपालिका भित्रका अपाङगता भएका नागरिकहरु सहभागी भएका छन् । २०७६ कार्तिक ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०७६ सोमवार - ०२:५७:१५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology