आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिबेशीमा एक हजार छ सय बालबालिकालाई भिटामिन ए र नौ सय लाई जुकाको औषधी खुवाईयो

धुनिबेशीमा एक हजार छ सय बालबालिकालाई भिटामिन ए र नौ सय लाई जुकाको औषधी खुवाईयो

  • 6.3K
    SHARES
  • धुनिबेशी । धादिङको धुनिबेशी नगरपालिकामा करिब एक हजार छ सय बालबालिकालाई भिटामिन ‘ए’ र नौ सय बालबालिकालाई जुकाको औषधी खुवाईएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाईएको नगरपालिका स्वास्थ्य संयोजक शिबहरि भटट्ले जानकारी दिनुभयो । साथै बालबालिकाको पोषण अबस्ठा अनुसार ६ महिनादेखि दुई वर्षभित्रका बालबालिकालाई बालबिटा पनि दिईएको उहाँले बताउनुभयो । नगरपालिकामा मात्रै राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि नगरस्तरिय स्वास्थ्य टोलि, तिनवटा स्वास्थ्य चौकि र छ वटा आधारभुत स्वास्थ्य केन्द्रका अठ्ठाईस जना स्वास्थ्य स्वयंम सेविकाहरु शनिबार र आइतबार खटिएका थिए । नगरपालिकाभित्र ३ वटा स्वास्थ्यचौकि र ६ वटा आधारभुत स्वास्थ्य केन्द्र रहेको छ ।
    २०७६ कार्तिक ०३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०७६ सोमवार - ०५:४५:४४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology