आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रेमा दुई हजार आठ सय बालबालिकालाई भिटामिन ए खुवाईयो

थाक्रेमा दुई हजार आठ सय बालबालिकालाई भिटामिन ए खुवाईयो

  • 6.0K
    SHARES
  • धादिङ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा करिब दुई हजार आठ सय बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईएको छ । जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाईएको हो साथै बालबालिकाको पोषण अबस्ठाअनुसार अनुरुप ६ महिनादेखि दुई वर्षभित्रका बालबालिकालाई बालबिटापनि दिईएको गाउँपालिकाले जनाएको छ। थाक्रेमा मात्रै राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि पाँचवटा स्वास्थ्यचौकिका ४० जना महिला स्वास्थ्य स्वयंम सेविकाहरु शनिबार र आइतबार खटिएका थिए । गाउँपालिकाभित्र ५ वटा स्वास्थ्यचौकि , ४ वटा आधारभुत स्वास्थ्य केन्द्र र १ वटा स्वास्थ्य बिन्दु रहेको स्वास्थ्य शाखा प्रमुख रबिन्द्र पान्डेले बताउनुभयो। कार्यक्रम अन्तर्गत देशभर जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, र एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाईने कार्यक्रम रहेको थियो ।
    २०७६ कार्तिक ०३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०७६ सोमवार - ०५:५४:४८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology