शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिड्स नेपाल धादिङद्धारा किशोर किशोरीलाई मोनिटर तालिम

सिड्स नेपाल धादिङद्धारा किशोर किशोरीलाई मोनिटर तालिम

  • 7.2K
    SHARES
  • नागरिक पाटी संवादाता सिम्ले धादिङ । दिगो विकासका लागी युवा र किशोर किशोरी सहभागीता कार्यक्रम अन्तर्गत तिन दिने मोनिटर तालिम सम्पन्न भएको छ । दिगो विकास र शान्तिपूर्ण समाज स्थापनाका लागी सभ्थ र समृद्ध समाज निर्माण गरौ भन्ने मूल नाराका साथ संस्थागत विकास सञ्जाल र सिड्स नेपाल धादिङको साझेदारीमा दिगो विकासका लागी युवा र किशोर किशोरी सहभागीता कार्यक्रम धादिङको थाक्रे गाउँपालिकामा सञ्चालन भईरहेको छ । उक्त कार्यक्रम अन्तरगत कार्तिक २ गते देखि ४ गते सम्म सञ्चालित दाजूभाई दिदिबहिनी मोनिटर तालिम आज सम्पन्न भएको छ । मोनिटर तालिममा थाक्रे गाउँपालिका भरीका २२ जना किशोर किशोरीहरुको सहभागीता रहेको छ । समाजमा आईपर्ने समस्या समाधान गर्नको लागी यस तालिमले सहयोग मिल्लने सहभागीहरुले बताउनु भयो । तालिमले ज्ञान,शिक्षा र मार्ग निर्देशनको बारेमा जानकारी पाउँनुका साथै समाजमा भएका समस्यालाई घटाउँनको लागी सहयोग हुने तालिममा सहभागी थाक्रे १ का प्रदिप तामाङले बताउनु भयो । मोनिटरका बारेमा जानकारी पाउदा खुशी भएको सहभागी थाक्रे १० कि रोजिना सुबेदीले बताईन । मोनिटर तालिमका प्रशिक्षक शेखर सापकोटाले काम गर्दै जादा तालिम लिएको उपल्बधी प्राप्त गर्न सहिने बताएका छन । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका सदस्य उर्मिला रेग्मी रुपाखेतीले तालिम बाट लिएको ज्ञान सिप व्यबाहारमा लैजान आग्रह गर्नु भएको छ । सिड्स समाज परिवर्तनका सहयोगी भएको बताएका छि । तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य उर्मिला रेग्मी रुपाखेती, सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकण रुपाखेती , सिड्सका अध्यक्ष माधब खतिवडा,गैसस धादिङका सदस्य गंगा सुबेदी,प्रशिक्षक शेखर सापकोटा, संस्थागत विकास सञ्जाल की निरा गरुङ लगायतको सहभाथीता रहेको थियो ।
    २०७६ कार्तिक ०४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०७६ मंगलवार - ०२:५७:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology