नागरिक पाटी संवादाता
मासटार गल्छि । धादिङको मासटारमा गल्छि गाउँपालिका स्तरिय अन्तर विद्यालय प्रथम अध्यक्ष कप प्रतियोगिता आज बाट सुरु भएको छ । कार्तिक ६ गते समापन हुने गरि सुरु भएको प्रतियोगितामा गल्छि गाउँपालिकाभित्र रहेका विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागि विद्यालयहरुका विद्यार्थीहरुले भलिबल,एथ्लेक्टिक्स,कबड्डि,भाला,छेलो ,दौड लगायतका आठवटा खेलहरुमा प्रतिस्पदा गदै छन । प्रतियोगिता गलिछ ४ मासटारमा रहेको जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा एक कार्यक्रमका बिच आज संघिय सांसद भुमि त्रिपाठीले उदघाटन गर्नु भएको छ । गल्छि गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठको सभापतित्वमा भएको उत्घाटन कार्यक्रममा प्रमुख अथिति संघिय सांसद भुमि त्रीपाठि ,विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल , उपाध्यक्ष राधा तिमल्सिना ,वडा अध्यक्ष्यहरु ,विद्यालयका प्रधानअध्यापकहरु,शिक्षकहरु,समाजसेवि ,बुद्दिजिबीहरु,विद्यार्थिहरु लगायत स्थानियहरुको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तब्य प्रमुख प्रशाशकिय अधिकृत दान बहादुर एडिले राख्नुभएको थियो ।

कार्यक्रममा बोद्यनु हुदै समन्वय समिति प्रमुख नेपालले सामुदायीक तथा संस्ठागत बविद्यालयहरुले खेलकुदलाई प्राथमिकतामा राखि अगाडि बढेमा खेलकुदले देश चिनाउने बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनु भएका धादिङका संघिय सांसद भुमि त्रीपाठिले कार्यक्रम सफलताको शुभकामना दिदै सबै कार्यक्रमहरुमा आफ्नो सहयोग रहने बताउनुभयो । त्यसैगरि आफ्नो भनाई राख्दै गाउँपालिका अध्यक्ष्यले यस्तो प्रतियोगिता पहिलो भएको र विद्यालय तथा विद्यार्थिहरु सर्वाङीण बिकासका लागि आगामि दिनहरुमा प्रतियोगितालाई निरन्तरता दिईने बताउनुभएको छ । प्रतियोगिता कार्तिक ६ गते समापन हुनेछ भने पहिलो, दोर्सो ,तेर्सो र सान्त्वना हुने विद्यालयलाई क्रमश पच्चिस हजार ,पन्ध्र हजार , दश हजार,पाँच हजार नगद सहित शिल्ड , कप, र प्रमाणपत्र दिईनेछ र विद्यार्थीहरु लागि पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले गाउापालिकाले बताएको छ ।
२०७६ कार्तिक ०४ गते प्रकाशित