पसिना लिलाम गर्नुछ रात र दिन,फुर्सद मिल्दैन
मन मिलेको बखत पनि खै किन, फुर्सद मिल्दैन!
टोपी बन्दकी राखेर दाइजो दिएका हुन,बाबाले
त्यही छोरिलाइ माइती सम्झिन, फुर्सद मिल्दैन !
सबथोक त्यागेर,जस्को घाउमा मलम लगाउथे
उनै छिमेकी लाई मेरो मा उभिन,फुर्सद मिल्दैन!
सबै दात फुस्केको गिजा जस्तै लाग्छ जिन्दगी
मलाइ जस्तै जिब्रोलाइ बाहिरिन,फुर्सद मिल्दैन!
आखिर चिज भन्नू पनि त केही भएन जिन्दगीमा
काम नभएको कुकुरलाई एकैछिन,फुर्सद मिल्दैन!!
जि.एम. शर्मा
मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मी। हाल : भरतपुर ४ चितवन
प्रकाशित मिति :कार्तिक ५, २०७६ मंगलवार -
०६:२९:१८ बजे