शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकामा १ सय ९७ जनालाई अपाङ्गता परिचयपत्र वितरण

गल्छी गाउँपालिकामा १ सय ९७ जनालाई अपाङ्गता परिचयपत्र वितरण

  • 5.8K
    SHARES
  • महेश्वर सुबेदी गल्छी । धदिङको गल्छी गाउँपालिकाद्वारा १ सय ९७ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरेको छ । अपङ्गता भएका ब्यक्तिको परिचयपत्र बितरण सम्बन्धी कार्यबिधी २०७५ सगँ सम्बन्धित रहेर परिचयपत्र बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।परिचयपत्र वितरणपछि गल्छी गाउँपालिकाभित्र अहिले क बर्गको पूर्णअशक्त अपाङ्गता भएका ४३ जना , ख बर्गको अतिअशक्त अपाङ्गता भएका ७३ जना, ग बर्गको मध्यम अपाङ्गता भएका ४१ जना , र घ बर्गको सामान्य अपाङ्गता भएका ४० जना नागरिकहरु गरि जम्मा १९७ रहेको गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले रेडियो राजमार्गलाई जानकारी दिनुभएको छ । अझैपनि अपाङ्गता भएका केहि नागरिकहरुले परिचयपत्र नपाएको गुनासो आएकोले नपाउनेहरुका लागि गाउँमै गएर बितरण गरिने बताँउदै उपाध्यक्ष तिमल्सिनाले अहिलेको संख्यामा बृदि हुने बताउनुभयो । अपाङ्गता परिचयपत्र पाएका नागरिकहरुले क बर्गका लागि मासिक तिन हजार ,ख बर्गका लागि मसिक सोह्र सय भत्ता पाँउदै आएका छ्न भने ग र घ बर्गका लागि आयाआर्जन र सिपमुलक तालिममा सहभागि गराउने तथा अन्य किसिमका अबसरमा समेट्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडिले बताउनुभयो । देश संघियतामा गएसगैँ परिचयपत्र बितरण गर्ने अधिकार स्थानिय तहमा आएकाले परिचयपत्र बितरण गर्ने कार्यको लागि स्थानिय तहका उपप्रमुख वा उपाध्यक्ष्यको संयोजकत्वमा स्थानिय समन्वय समिति रहने ब्यवस्था छ भने परिचयपत्र जारी गर्ने अधिकार स्थानिय तहका प्रमुख प्रशाशकिय अधिकृतलाई दिईएको छ ।
    २०७६ कार्तिक ०५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०७६ मंगलवार - १८:१५:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology