शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाल अधिकार बालश्रम तथा बालबालिका ओसारपसारबारे रेडियो संबाद तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न

बाल अधिकार बालश्रम तथा बालबालिका ओसारपसारबारे रेडियो संबाद तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न

  • 6.6K
    SHARES
  • नागरिकपाटी संवाददाता महादेबबेशी । धादिङको थाक्रे गाउँपालिकामा बाल अधिकार बालश्रम तथा बालबालिका ओसारपसारबारे रेडियो सबाद तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ् ।चन्द्रज्योति एकिकृत ग्रामीण समाज सिड्स नेपाल धादिङको आयोजना तथा यु एम न नेपालको सहयोगमा भएको कार्यक्रम थाक्रे गाउँपालिका वडा नम्बर ६ जनजागृति माध्यमीक विद्यालयको हलमा भएको थियो । सुनिश्चित बाल अधिकार समृद नेपालको अधार भन्ने नाराका साथ जोखिममा रहेका बालबालिकाहरुका लागि सुरक्षा परियोजना अन्त्रगत रहेर कार्यक्रम गरिएको थियो। कार्यक्रममा सहभागि बाल क्लब,अभिभावक समुह,तथा अन्य ब्यक्तिहरुले सरोकारवालाहरु समक्ष बालाधिकार बालश्रम तथा बालबालिका ओसारपसारबारे आफुहरुलाई लागेका जिज्ञासा राखेका थिए भने त्यसको जबाफ गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल,सिड्स नेपाल धादिङका कार्यबारी अधिकृत गोकर्ण रुपाखेति ,जिसस सद्स्य उर्मिला रेग्मी रुपाखेति,वडा अध्यक्ष्यहरु, प्र्धानाध्यापकहरु लगायत अन्य सरोकारवालाहरुले दिनुभएको थियो । उक्त अन्तर संबाद कार्यक्रमको रेडियो राजमार्गले प्रत्यक्ष प्रशारण गरेको थियो ।
    २०७६ कार्तिक ०७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ७, २०७६ बिहिवार - १४:४०:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology