चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । देव भुषालको कथा, पटकथा तथा संवादमा तयार भएको यो चलचित्रमा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ ।
चलचित्रको ट्रेलर हेर्दा नायक केसी भिलेनको रुपमा देखिएका छन् । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा प्रेमराज दाहालको लगानी छ । चलचित्रमा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारको अभिनय छ । निर्देशक भुषालले चलचित्रले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताए । ‘अवसर र रोजगारीका लागि जुनसुकै देशमा रहेपनि नेपाली नेपाली नै रहन्छ’ भन्ने मुल मर्म चलचित्रले बोकेको छ । चलचित्र कात्तिक २९ गतेबाट चलचित्र रिलिज हुनेछ ।
https://youtu.be/IuYvFl6SiqM
प्रकाशित मिति :कार्तिक ७, २०७६ बिहिवार -
२३:५१:२७ बजे