काठमाडौं । सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको जनाएको छ ।
काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।
२०७६ कार्तिक ०७ गते प्रकाशित