शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सीटीईभीटीको गोप्य प्रतिवेदनले भन्छ, "अहिलेकै संरचनामा कार्यक्रम सञ्चालन गर्न सकिन्न"

सीटीईभीटीको गोप्य प्रतिवेदनले भन्छ, "अहिलेकै संरचनामा कार्यक्रम सञ्चालन गर्न सकिन्न"

  • 3.4K
    SHARES
  • काठमाण्डौँ । प्राविधिक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण अड्डा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले हालको संरचनामा परिषद्का कार्यक्रम सञ्चालन गर्न नसक्ने देखिएको छ । परिषद्को वर्तमान संरचना र जनशक्तिबाट हाल सञ्चालन भएका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न कठिनाइ भएको प्रतिवेदन फेला पारेको छ । सीटीईभीटीको सम्बन्धमा डा। रुद्र सुवालको प्रतिवेदनले परिषद्का कार्यक्रम विस्तार गर्न विद्यमान संगठन संरचना, जनशक्ति र साधन स्रोतको अभाव हुने निष्कर्ष निकालेको छ । परिषदमा स्थायी कर्मचारीभन्दा करार र अस्थायी कर्मचारी बढी छन् । अहिले परिषद् मातहत २ हजार ३० कर्मचारी छन् । जसमध्ये ९३२ जनाको स्थायी दरबन्दी छ । अन्य सबै करार र अस्थायी छन् । शिक्षालयहरूले कार्यक्रम सञ्चालन गर्दा राज्यको महत्वपूर्ण एवं प्राथमिकताका विषयमा केन्द्रित भई सञ्चालन नभएको देखिएको प्रतिवेदनमा उल्लेख छ । २०७६ कात्तिक ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०७६ शनिवार - १६:४०:४९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology