शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महराविरुद्ध करणी उद्योगमा मुद्दा चलाउन राय

महराविरुद्ध करणी उद्योगमा मुद्दा चलाउन राय

  • 3.8K
    SHARES
  • काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए। प्रहरीले २० दिन लगाएर अनुसन्धान प्रतिवेदन तयार पारेको हो। महराले भने रोशनी शाहीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन्। ‘म रोशनीको निवास गएको हुँ तर कोठामा प्रवेश गरिनँ। फोन गरें। उठाइनन्’, महराले बयानमा भनेका छन्, ‘त्यसपछि फर्किएको हुँ।’ प्रहरीले महरामाथि अर्को प्रश्न गरेका थिए– ‘तपाईंले झन्डै डेढ घण्टा बिताउनुभएको बयान तपाईंसँगै गएका अंगरक्षकले दिएका छन्, यसमा स्पष्ट खुलाइदिनोस्।’ यसको जवाफमा महराले आफूले फोन मात्रै गरेको र २०–२५ मिनेट कुरेर बसेको बताएका छन्। रोशनीले चश्माको टुक्रा र जुत्ताको तलुवा ‘महराकै हो’ भनेर प्रहरीमा उल्लेख गरेसँगै प्रहरीले यसबारे महरासँग प्रश्न गरेको थियो। जवाफमा उनले ती वस्तु आफूलाई फसाउने षड्यन्त्रअनुरूप त्यहाँ राखेको बताएका छन्। उनी रोशनीको कोठामा पुगेर फर्किएपछि मदिराले लठ्ठिएका थिए। चश्मा लगाएर रोशनीको कोठा पुगेका महरा चश्मा नलगाई फर्किएको बयान अंगरक्षकले दिएका छन्।
    २०७६ कात्तिक ९ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०७६ शनिवार - १६:४४:३० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology