शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्ने

स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्ने

  • 4.0K
    SHARES
  • काठमाडौं । स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी अब प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्ने भएको छ । प्रदेश लोकसेवा आयोग बन्ने क्रम जारी भएकाले स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी सम्बन्धित प्रदेशले नै पूर्ति गर्ने भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि आवश्यक कर्मचारी अब सङ्घीय लोक सेवा आयोगले पूर्ति नगर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता भूपाल बरालले भने, “गत जेठ १५ गते स्थानीय तहका लागि सङ्घीय सरकारले गरेको नौ हजार ६६१ विज्ञापित पद अन्तिम हो, अब स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्छन् । ” जेठमा भएको विभिन्न पदको लोक सेवा आयोगबाट अहिले नतिजा आउने क्रम जारी छ । आगामी मङ्सिरभित्र विज्ञापन गरिएका नौ हजार ६६२ पद नै पूर्ति हुने बरालले बताए । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका लागि आवश्यक कर्मचारी प्रदेश लोक सेवा आयोगले पूर्ति गर्ने उल्लेख गरिएको छ । अहिले पनि मन्त्रालयमा ५५ वटा स्थानीय तहले करिब तीन सयवटा पदमा विज्ञापन गरी कर्मचारी पूर्ति गर्न निवेदन पठाएका छन् । प्रवक्ता बरालले भने, “उक्त स्थानीय तहले मन्त्रालयमा पठाएका विज्ञापनमा पनि सम्बन्धित प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्नेछन् । ” गोरखापत्रमा खबर छ ।
    २०७६ कात्तिक ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०७६ शनिवार - १६:४९:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology