शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बुटवल नारायणगढ सडक चार लेन बनाउन सुरु

बुटवल नारायणगढ सडक चार लेन बनाउन सुरु

  • 6.7K
    SHARES
  • काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम पूर्वी खण्ड नवलपुरबाट सुरु गरिएको छ ।कावासोती नगरपालिकाको खरकट्टा जंगल क्षेत्र र गैँडाकोटको थुम्सीबाट सडक विस्तारको काम सुरु गरिएको हो । गैँडाकोटबाट दाउन्नेसम्मको पहिलो खण्डमा काम सुरु गरिएको छ । जंगल क्षेत्रमा रुख कटानको अनुमति लिन समय लागेको र खानेपानी र विद्युत्को पूर्वाधारको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत सम्बन्धित निकायसँग छलफल गरेर निष्कर्ष निकालेर काम गर्नुपर्ने भएकाले सडक विस्तारको काममा ढिलाइ भएको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले बताउनुभयो । दोश्रो पटकको वातावरणीय अध्ययनबाट कम्तीमा ५० हजार रुख काट्न सकिने स्वीकृति भएको तर, रुख कटानकै स्वीकृति भने अझै नआएको अधिकारीको भनाइ छ । जंगली जनावर वारपार गर्नका लागि सडकमुनिबाट अन्डरपास र सडक माथिबाट ओभरपास निर्माण गरिने छ । सडकबाट नै जनावर वारपार गर्दा दुर्घटनामा पर्न सक्ने भएकाले जनावाका लागि वैकल्पिक मार्गका रुपमा जैविक मार्ग निर्माण गरिने जनाइएको छ ।
    २०७६ कार्तिक ०९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०७६ शनिवार - २२:२१:३१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology