शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशि ४ छाप गाउँका स्थानियहरु खानेपानीको व्यवस्थापनमा जुट्दै

धुनिबेशि ४ छाप गाउँका स्थानियहरु खानेपानीको व्यवस्थापनमा जुट्दै

  • 7.0K
    SHARES
  • सन्तोष सुवेदी, धार्के। धादिङ धुनिबेशि नगरपालिका वडा नम्बर ४ छापगाउँका स्थानियहरु खानेपानीको पाईप यवस्थापनमा जुटेका छन् । खानेपानीको बढ्दो समस्या र घरवरपरको मुहान सुक्दै गएकाले खानेपानी अन्यत्रबाट ल्याउनुको बिकल्प नभएको स्थानिय राजकुमार बयलकोटीले बताएका छन् । २० घर लाभान्वित हुने गरि ल्याईने पानीमा प्रत्येक घरबाट १० हजारका दरले रमक उठाएर काम भईरहेको खानेपानी उपभोक्ता छापका सुन्दर बयलकोटीले जानकारी दिएका छन् । अहिले खानेपानी पाईप पुर्न जेसिवि तथा सहज स्थानमा उपभोक्ताहरुको श्रमदानमा नै काम भईरहेको छ । “खानेपानी पाईप प्लास्टिकको हाले पनि हामीले दिएको रकमले पुग्दैन, “खानेपानी उपभोक्ता बयलकोटीले भने हामीले वडासँग पनि कुरा राखेका छौँ, हेरौँ उहाँहरुले पनि सहयोग गर्छु भन्नुभाको छ ।” खानेपानी उपभोक्ता समीती बनेको छैन । पहिले पनि समीती बनाएर पानी ल्याउने निर्णय भएकोमा गाउँका केहि ब्यक्तिले रकम नै खाएर कामै नगरेको स्थानिय बताउँछन् । त्यकारण पनि अहिले समीती बिना पनि उपभोक्ता मिलेर काम भईरहेको डिप वोरिङ समीतीका अध्यक्ष आनन्द गौतममले बताएका छन् । खानेपानीको मुहान धुनिबेशिनगरपालिका वडा नम्बर ४ जिवनपुरमा रहेको छ । अहिले त्यो पानी छाप गाउँसम्म ल्याउन पाईप राख्ने खाल्डाका काम भईरहेको छ । काम गर्दा लाग्ने खर्च, उपभोक्ता समीती गठन लगायतका कामहरु भने वडा तथा नगरपालिकासँग समन्वय गरेर अगाडी बढ्ने अधिकाँस स्थानियहरुको भनाई रहेको छ । बिषेश गरि दलित जातीको बसोबास रहेको यस क्षेत्रमा स्थानिय आफै सक्रिय भएकाले पनि बिकासको गति बिस्तारै अगाडी बढ्दै गएको छ । २०७६ कार्तिक १६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०७६ शनिवार - २१:२०:१४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology