काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि भोली आइतबार उम्मेदवार घोषणा गर्ने भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे प्रारम्भिक छलफल सुरु भएको र भोली आइतबार फेरि बैठक बसेर उम्मेदवारको टु्ंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ । ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
२०७६ कार्तिक १६ गते प्रकाशित