शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रदेश प्रमुखको नाम सिफारिस

प्रदेश प्रमुखको नाम सिफारिस

  • 5.0K
    SHARES
  • काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ । आज आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेश प्रमुखको पदमुक्त गर्नु भएको थियो । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताए। पार्टीले अमिक शेरचन चितवन, सोमनाथ अधिकारी प्यासी कास्की , तिलक परियार बाँके, धर्मनाथ यादव सिरहा ,गोविन्द कलोनी डडेलधुरा, विष्णु प्रसाईँ झापा ,र शर्मिला त्रिपाठी काठमाण्डौ को नाम सिफारिस गरेको छ । कुन प्रदेशका लागि कसलाई पठाउने भन्ने बारेमा भने सरकारले निर्णय गरेर राष्ट्रपतिकोमा सिफारिस गर्ने महासचिव पौडेलले बताए ।
    २०७६ कार्तिक १८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १९, २०७६ मंगलवार - ०१:००:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology