शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुख्यमन्त्री पौडेलद्धारा हेटौंडामा बहुप्राविधिक महाविद्यालयको शिलान्यास

मुख्यमन्त्री पौडेलद्धारा हेटौंडामा बहुप्राविधिक महाविद्यालयको शिलान्यास

  • 5.6K
    SHARES
  •   काठमाडौँ । हेटौडामा प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले महाविद्यालयको शिलान्यास गरेका छन। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा नेपाल भारत मैत्री बुहुप्राविधिक महाविद्यालयको आज शिलान्यास भएको छ। २५ बिगाहा क्षेत्रफलमा निर्माण गरिने महाविद्यालयको भवन ५८ करोड ४४ लाख रुपैयाँ भारतिय सहयोगमा दुईवर्ष भित्रमा निर्माण सम्पन्न गर्ने योजना छ । आज २२ वर्षपछी मुख्यमन्त्री पौडेलले भारतिय राजदुतावास काठमाण्डौका चार्ज डिअफेयर्स डाक्टर अजयकुमारको उपस्थितीमा शिलान्यास गरेका हुन् । महाविद्यालय निर्माण गर्ने भएपनि त्यसक्षेत्रका रुख कटान नहुँदा वर्षौदेखि काम सुरु हुन सकेको थिएन । तर, अहिले रुख कटानको काम सकिएपछी महाविद्यालय निर्माण गर्ने बाटो खुलेको हो । महाविद्यालयको शिलान्यास गर्दै प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रत्यक वर्ष २ हजार ५ सय प्राविधिक विद्यार्थी उत्पादन हुने गरी काम सुरु गर्ने बताएका छन । विभिन्न चार प्राबिधिक विषयमा पढाई हुने बताउँदै अहिले पहिलो चरणमा चार वटा विषयमा पढाइ हुन्छ । हरेक वर्ष २५ सय विद्यार्थी उत्पादन गरेर नेपालका उद्योग, कलकारखानामा पठाउँछौ मुख्यमन्त्री पौडेलले भने का छन ।
    २०७६ कार्तिक १९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २०, २०७६ बुधवार - ०४:४९:०१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology