काठमाडौं । सरकारले भारतले जारी गरको नयाँ नक्सामा नेपाली भूमि पारेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी नेपालको भूभाग रहेकोमा सरकार स्पष्ट रहेको बताएको छ।
सिमा विवादमा परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग र परराष्ट्र सचिवस्तरीय समिति रहेको भन्दै एक पक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताएको छ।

२०७६ कार्तिक २० गते प्रकाशित