विपिन मल्ल
गल्छि । धादिङको गल्छि गाउँपालिकामा निशुल्क बाख्रा वितरण गरिएको छ । गल्छि गाउँपालिका वडा नम्बर ६ को आयोजनामा अपाँगता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको हो ।
अपाँगता भएका व्यक्तिहरुलाई बाख्रा वितरण र बाख्रापालन तालिम सन्चालनका लागि विनियोजित १ लाख बजेटबाट वडाका १० जनालाई प्रति व्यक्ती एक/एक वटा बाख्रा वितरण गरिएको वडा अध्यक्ष राजन श्रेष्ठले बताउनुुभयो । उहाँले अपाँगता परिचय पत्र भएका तर भत्ता नपाउने अपाँगता भएका व्यक्तीहरुका लागि जिविकोपार्जनमा सहज होस् भनेर बाख्र्र्रा वितरण गरिएको बताउनुभयो ।
बाख्रा प्राप्त गर्नेहरुमा अनिल विक, केशर सिँह सुनार, ईश्वर अधिकारी, दिपेन्द्र परियार, राम बहादुर भुजेल, सपना परियार, विष्णुु अधिकारी, देवकी विक, विमल तामाङ र राम बहादुर तामाङ रहेका छन् । बाख्रा वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले गाउँपालिका र वडाको तर्फबाट यस्तो किसिमको कामहरु भैरहने बताउनुभयो ।
भिडियो...
https://www.facebook.com/nagarikpatitv/videos/577184052827183/
बाख्रा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सिना, वडा अध्यक्ष राजन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
फोटोहरु हेर्नुहोस्...
२०७६ कात्तिक २४ मा प्रकाशित