शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ थाक्रेका वाईबा आठ किलो लागुऔषध चरेससहित पक्राउ

धादिङ थाक्रेका वाईबा आठ किलो लागुऔषध चरेससहित पक्राउ

  • 4.5K
    SHARES
  • धादिङ । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । धादिङको थाक्रे गाउँपालिका २ भुमेस्थान सिम्ले बस्ने ५५ वर्षका सोनाम वाइबालाई ८ केजी ५.३५ ग्राम चरेश सहित प्रहरीले पक्राउ गरेको हो । धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख २८४० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सोनामलाई झोलाभित्र लुकाएर राखिएको चरेससहित महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका वाइबामाथि अनुसन्धान भइरहेको काठमाण्डौं प्रहरीले जनाएको छ। २०७६ कात्तिक २५ मा प्रकाशित  

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०७६ सोमवार - १४:३२:४४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology