शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा भारतिय हस्तक्षेप विरुद्ध विरोध प्रदर्शन

धादिङमा भारतिय हस्तक्षेप विरुद्ध विरोध प्रदर्शन

  • 5.2K
    SHARES
  • गजुरी । धादिङको गजुरीमा भारतिय हस्तक्षेप विरुद्ध अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन धादिङले विरोध प्रदर्शन गरेको छ । आदर्श वहुमुखि क्याम्पसबाट निस्केको विद्यार्थीको जुलुसले गजुरी बजार परिक्रमापछि आयोजित कोण सभालाई विद्यार्थी नेताहरुले सम्बोधन गरेका छन् । काणसभालाई सम्बोधन गर्दै अनेरास्ववियू धादिङका पूर्व अध्यक्ष सन्तोष राना क्षेत्रीले नेपालको सिमा मिचेर भारतले नयाँ नक्शा सार्वजनिक गरी नेपाली राष्ट्रियता माथि आक्रमण गरेको बताउनुभएको छ । जुलुसमा सहभागीहरले भारतद्वारा हस्तक्षेप गरिएको भुमि फिर्ता गर्न सरकारले निर्णायक भुमिका खेल्नु पर्ने बताएका छन् । भिडियो हेर्नुहोस्.. https://www.facebook.com/nagarikpatitv/videos/613092015894159/ यस्तै नेपाल विद्यार्थीसंघ धादिङले पनि धादिङबेसीमा विरोध प्रदर्शन गरेको छ । नीलकण्ठ क्याम्पसबाट निकालिएको विद्यार्थीहरुको ¥यालीले धादिङबेसी बजार परिक्रमा पछिको कोणसभालाई नेवि संघ धादिङका निवर्तमान अध्यक्ष इश्वर अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा अधिकारीले राजनीतिक र कुनितिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न सरकारसंग माग गर्नुभएको छ । नेपाली भुमी कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमणको विरुद्ध देशैभर विभिन्न सँघ सँगठनले विरोध गरिरहेका छन् । सरकारले भने सचिवस्तरिय बैठकबाट समस्याको समाधान गर्ने बताएको छ । २०७६ कात्तिक २५ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०७६ सोमवार - १५:०१:०७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology