शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अतिक्रमित भुभाग फिर्ता गर्ने गरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

अतिक्रमित भुभाग फिर्ता गर्ने गरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

  • 4.1K
    SHARES
  • काठमाडौं । भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको विषयमा कुराकानी गर्न भारतसाँग पूराना नक्सा र तथ्यांकहरु संकलन गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । नेकपा सचिवालय बैठकमा यस बारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले अतिक्रमित भुभाग फिर्ता गराउने गरी सरकारले काम गरीरहेको जानकारी गराउनुभएको हो । उहाँले तथ्य र प्रमाणका आधारमा नेपालले भारतसँगको सिमा विवाद समाधानका लागि भारतसँग कुरा गर्ने बताएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले अनुशासन आयोग, लेखा परीक्षण आयोग र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन गरेको छ । अमृत बोहोरालाई अनुशासन आयोग, डा पुष्प कँडेललाई लेखा परीक्षण आयोग र केशव बडाललाई केन्द्रीय सल्लाहकार परिषदको प्रमुख बनाएको छ । त्यसै गरी विष्णुपुकार श्रेष्ठलाई निर्वाचन समितिको प्रमुखको जिम्मेवारी दिइएको हो । २०७६ कात्तिक २५ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०७६ सोमवार - २०:३८:१६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology