शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको खानिखोला देखी जुँगेखोला सम्म नेपाली भुमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन हुने

धादिङको खानिखोला देखी जुँगेखोला सम्म नेपाली भुमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन हुने

  • 10.7K
    SHARES
  • धार्के । नेपाली भुमि अतिक्रमणको विरुद्धमा धादिङको खानिखोला देखी जुँगेखोला सम्म विरोध प्रदर्शन हुने भएको छ । धुनिबेशी नगरपालिकाका सक्रिय युवा समुहको आयोजनामा शुक्रबार दिउँसो १ बजे देखी विरोध प्रदर्शन हुने कार्यक्रमका सँयोजक रोशन लामाले बताउनुभयो । कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न लामाको सँयोजकत्वमा १ सय ५१ जना जनपरिचालन कमिटी समेत गठन गरिएको छ । सो कमिटीको सहसँयोजकमा प्रदिप उप्रेती, सदस्यहरुमा प्रदिप कोईराला, मनिष उप्रेती, दिनेश खतिवडा लगायत रहनुभएको छ । भारतिय पक्षद्धारा नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरिएको विरोधमा धादिङ सहित देशभर विभिन्न विद्यार्थी सँगठन, युवा समुह लगायतले प्रर्दशन गर्दै आएका छन् । २०७६ कात्तिक २८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २८, २०७६ बिहिवार - १६:५८:०८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology