आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

त्रिशुली नदिको महादेवफाँट देखी बैरेनी सम्म र्‍याफ्टिङ

त्रिशुली नदिको महादेवफाँट देखी बैरेनी सम्म र्‍याफ्टिङ

  • 7.5K
    SHARES
  • धादिङ । त्रिशुली नदिमा र्‍याफ्टिङ गरिएको छ । बैरेनीमा रहेको त्रिशुली विच रिसोर्टले र्‍याफ्टिङ व्यवसाय सन्चालन गर्न बिहिबार परिक्षणको रुपमा नुवाकोटको महादेवफाँट देखी बैरेनी स्थित जिण्टेटार सम्म र्‍याफ्टिङ गराएको हो । त्रिशुली नदिको १३ किलोमिटर नदि क्षेत्रमा साँढे २ घण्टा सम्म गराईएको  र्‍याफ्टिङमा गल्छि गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडि, वडा अध्यक्षहरु, पत्रकार लगायतको सहभागीता रहेको थियो । आन्तरिक तथा बाह्य पर्यटकका लागि र्‍याफ्टिङ मा नयाँ गन्तव्यको रुपमा यो ठाउँ चयन गरिएको र छिट्टै नै त्रिशुली विच रिसोर्टले र्‍याफ्टिङ व्यवसाय सन्चालन गर्ने रिसोर्टका अध्यक्ष विष्णु त्रिपाठीले बताउनुभयो । २०७६ कात्तिक २९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०७६ शुक्रवार - १८:२१:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology