शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको केवलपुरमा रहेको गणेश सरस्वती भिमसेन मन्दिरमा भव्य जात्रा

धादिङको केवलपुरमा रहेको गणेश सरस्वती भिमसेन मन्दिरमा भव्य जात्रा

  • 5.6K
    SHARES
  • केवलपुर । धादिङको थाक्रे गाउँपालिका ९ पण्डितपौवामा रहेको गणेश शरस्वती भिमसेन मन्दिरमा अहिले बेलुका भव्य जात्रा लाग्दैछ । विक्रम सँवत १८८० सालमा स्थापना भएको मन्दिरमा हरेक वर्षको मँसिर कृष्णपक्षको तृतीया तिथीमा बेलुका र चर्तुदशीको दिन दिउँसोको समयमा विशेष मेला तथा लाग्ने गर्दछ । मन्दिरको गुठीयारहरुको अगुवाईमा हुने जात्राको स्थानिय स्तरमा विशेष महत्व रहेको मन्दिर गुठी समितीका सदस्य कुमारमान डँगोलले बताउनुभयो । यसैबिच स्थानिय सुर्यमान डँगोल र लक्ष्मी श्रेष्ठले मन्दिरमा जस्तापाताको लागि सहयोग गर्नुभएको छ । जात्राको अवसरमा धादिङको विभिन्न स्थान सहित नुवाकोट, काठमाण्डौँ लगायतका स्थानबाट भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ ।    

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३०, २०७६ शनिवार - ०२:५६:२१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology