शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरीको राक्सिङमा स्वास्थ्य इकाई भवनको शिलान्यास

गजुरीको राक्सिङमा स्वास्थ्य इकाई भवनको शिलान्यास

  • 7.0K
    SHARES
  • धादिङ । गजुरी गाउँपालिका वडा नं. ३ राक्सिङ मा सामुदायिक स्वास्थ्य इकाई भवनको हिजो शुक्रबार गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत ले शिलान्यास गर्नुभएको छ। आम जनसमुदाय लाई स्वास्थ्य को पहुँचमा पुर्‍याउन सबै वडामा स्वास्थ्य इकाई को स्थापना गरिसकेको र भौतिक संरचना भने क्रमिक रूपमा निमार्ण गर्दै जाने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । नेपाल सरकारको ३८ लाखको लागतमा निमार्ण हुने भवनको शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत,वडा नं.३ अध्यक्ष ऋषि लाल श्रेष्ठ , प्रमुख प्रसाशकिय अधिकृत युवराज अर्याल , स्वास्थ्य शाखा संयोजक डा.रामहरि रेग्मी , सुचना अधिकृत बिबेक नेपाल, वडा सदस्य ,नागरिक समाज , समाजसेवी , बुद्धिजीवी लगाएतको सहभागीता रहेको थियोे। २०७६ कार्तिक ३० गते शनिबार

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १, २०७६ आइतवार - ०४:३९:२८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology