शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिकाको आयोजनामा मासटार बजार अनुगमन

गल्छि गाउँपालिकाको आयोजनामा मासटार बजार अनुगमन

  • 6.6K
    SHARES
  • शिवराज आचार्य धार्के । धादिङको गल्छि गाउँपालिकाको आयोजनामा मासटार बजार अनुगमन कार्यक्रम भएको छ । नेपालको संविधानले व्यवस्था गरे अनुसार स्थानिय तहले बजार अनुगमन गरेको हो । गल्छि गाउँपालिक उद्योग शाखाको संयोजनमा बजार अनुगमन गरिएको गाउँपालिको उपाध्यक्ष राधा तिम्लसिनाले बताउनु भएको छ । कार्तिक २७ गते बजार अनुगमन गरेर नागरिकहरुलाई उपभोग गर्ने बस्तुहरुका निग्रानी गरिएको हो । गल्छि वडा नम्बर ४ का बजारका २७ वटा व्यवसायिक फर्महरुको अनसगमन गरिएको छ । अनुगमनको क्रममा व्यवसायिक फर्महरु दर्ता तथा नविकरण ,मूल्यसूची,सामानको मुल्य नाघेननाघेको अनुगमन गरिएको छ । दर्ता भई नविकरण नभएका लाई नविकरण गर्न आग्रह गरिएको तथा दर्ता नभएका फर्महरु लाई दर्ता गराउंन आग्रह गरिएको उपाध्यक्ष तिम्लसिनाले बताउनु भयो । कति पय पसलहरुका म्याद नाघेका सामानहरुलाई नष्ट गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभएको छ ।म्याद नाघेका सामान नराख्न आग्रह गरिएको बताए । उद्योग शाखाका प्रमुख सरिता गौतमको संयोजनमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा तिम्लसिना ,वडा नम्बर ४ का वडा अध्यक्ष राजु अधिकारी ,उद्योग वाणिज्य संघ क्षेत्रीय अध्यक्ष दिपक कार्की, प्रहरी चौर्की बैरेनीका प्रमुख जनक बस्नेत,कार्यालयका कर्मचारी लगायतको सहभागीता रहेको गल्छि गाउँपालिकाका कर्मचार्री ऋशिराम कोईरालाले बताए । २०७६ कार्तिक ३० गते शनिबार

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १, २०७६ आइतवार - ०५:०८:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology